बौदेबर्साइन नगरपालिकामा निर्माण हुन लागेको ४ कोठे विद्यालय भवनको शिलान्यास फरक ढंगले गरिएको छ। नगर प्रमुख आतेश सिंह यादवले परम्परागत शैली तोड्दै आफैं शिलान्यास नगरी स्थानीय विद्यार्थी मुरलीबाट शिलान्यास गराएका हुन्।
यस कार्यक्रममार्फत मेयर यादवले नेतृत्वले अवसर सिर्जना गर्ने हो, अगाडि बढ्ने जिम्मा नयाँ पुस्ताको हो भन्ने सन्देश दिएका छन्। कार्यक्रममा वडा अध्यक्ष, जनप्रतिनिधि, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक तथा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो।
शिक्षा क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै गरिएको यस पहलले समग्र क्षेत्रको शैक्षिक उन्नयनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
तपाईको प्रतिक्रिया





