रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

रामनगरमा निस्शुल्क आँखा शिविर २९ जना मोतीबिन्दु बिरामीको शल्यक्रिया हुने

[sharethis-inline-buttons]

धनुषा, वैशाख ८ — हंसपुर नगरपालिका–८ रामनगर (गाछी कुट्टी) स्थित सत्य कबिर आश्रममा मंगलबार निस्शुल्क आँखा शिविर सम्पन्न भएको छ। आश्रमका अध्यक्ष शुभ नारायण मण्डलको अध्यक्षतामा आयोजित शिविरमा करिब एक सयभन्दा बढी बिरामीले आँखा जाँच गराएका थिए।
शिविरका क्रममा २९ जना बिरामीमा मोतीबिन्दु (क्याटार्याक्ट) पहिचान गरिएको छ। ती सबै बिरामीहरूको निस्शुल्क शल्यक्रिया भोलि श्री जानकी आँखा अस्पताल, जनकपुरधाममा गरिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।
कार्यक्रम पूर्वमेयर राम ज्ञान मण्डलको विशेष सहयोगमा सम्पन्न भएको हो। अध्यक्षले शिविर सफल बनाउन सहयोग पुर्‍याउने मेयरप्रति आभार व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर