मेष : निजी धनको सदुपयोग गर्ने दिन हो । शिक्षामा गरेको लगानी बढ्ने छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
वृष : आज तपाईंले अरुलाई काम लगाएर फाइदा लिनुपर्ने दिन छ । शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ ।
मिथुन : परिवारसँग सल्लाह गरेको कामबाट मात्र फाइदा हुनेछ । शिक्षा क्षेत्रको लगानीबाट मन खुशी हुनेछ । दोहोरो कुरा गर्नेसँग सचेत हुनु राम्रो हुन्छ ।
कर्कट : आम्दानी भए पनि सदुपयोग नहुँदा मिहिनेतको फल प्राप्त नहुन सक्छ । सत्य बोल्ने मान्छेसँग मात्र संगत गर्नु राम्रो हुन्छ । शिक्षा क्षेत्रको लगानीबाट उत्साह मिल्ने छ ।
सिंह : बुद्धिको प्रयोग गरेर जीवनलाई अगाडि बढाउनु राम्रो हुन्छ । रिसले तपाईंको क्षति हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
कन्या : आफन्तबाटै काममा अवरोध हुन सक्छ । आफू भन्दा ठुलाको सुझाव लिएर काम गरेमा सफलता मिल्ने छ । वैदेशिक क्षेत्रको लगानीबाट उत्साह मिल्ने छ ।
तुला : धेरै जनाको चित्त बुझाउने काम गर्दा आफूलाई घाटा हुनेछ । सोचेर गरेको लगानी भए शिक्षामा फाइदा हुनेछ । रोजगारीको क्षेत्रमा सफलता मिल्ने छ ।
वृश्चिक : आफू भित्रको खुशी भुलेर बाहिर खुशी खोज्दा निराश हुनुपर्नेछ । आफूभित्र रमाउन सकेमा हरेक क्षेत्रमा उन्नति हुनेछ । परिवारसँगको सल्लाहमा गरेको काम सफल बन्नेछ ।
धनु : मन उत्साहित हुनेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ । गुरुको आर्शिवादले मन खुशी हुनेछ ।
मकर : थोरै बोलेर धेरै काम गर्नुपर्नेछ । बिहानै शिवको भजन सुन्नु राम्रो हुनेछ । शिक्षा क्षेत्रमा प्रगति हुनेछ ।
कुम्भ : सकारात्मक ठाउँमा शनिदेव भए उन्नतिको अवसर मिल्ने छ । परिवारसँगको सम्बन्ध सुमधुर हुनेछ । वैदेशिक लगानीको क्षेत्रबाट फाइदा हुनेछ ।
मीन : आज शुभ दिन छ । आँटेका काम बन्नेछन् । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।






