मधेश प्रदेशमा प्रशासनिक सुधारलाई प्रभावकारी बनाउन संघीय संसदका सदस्यहरूको नेतृत्वमा अनुगमन टोली गठन गरिएको छ। प्रशासनिक सेवामा पारदर्शिता, प्रभावकारिता तथा सेवा प्रवाहलाई चुस्त बनाउन यो टोली सक्रिय हुने बताइएको छ।
मन्त्रालयले प्रशासन सुधारका लागि नियमित रूपमा विभिन्न कार्यक्रम तथा कार्ययोजना कार्यान्वयन गरिरहेको जनाएको छ। साथै प्रदेश सरकार र स्थानीय तहहरूले पनि प्रशासन सुधारलाई प्राथमिकतामा राख्दै सेवा प्रवाहलाई सहज र जनमुखी बनाउने गरी काम गरिरहेको उल्लेख गरिएको छ।
अनुगमन टोलीले प्रदेशका विभिन्न निकायहरूको कार्यसम्पादनको अध्ययन गरी सुधारका सुझावहरू पेश गर्नेछ।
तपाईको प्रतिक्रिया






