रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषाधाममा रास्वपाको संगठन विस्तार, वडा नं. ७ मा नयाँ समिति गठन

[sharethis-inline-buttons]

 

धनुषाधाम नगरपालिका अन्तर्गत वडा नं. ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन विस्तार गरेको छ। नगर संयोजक राज कुमार ठाकुरको अगुवाइमा बसेको बैठकबाट ११ सदस्यीय नयाँ समिति गठन गरिएको हो।
गठन गरिएको समितिको सभापतिमा शिवकुमार महतो चयन भएका छन्। उप(सभापतिमा राजीव साह, सचिवमा नन्द किशोर ठाकुर र कोषाध्यक्षमा सागिरा खातुन चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा अवध महतो, राजकिशोर यादव, धनिकलाल साह, निरु देवी साह, सबिता महरा, गुन्जेसरी महरा र राज कुमार उराव रहेका छन्।
पार्टीले स्थानीय स्तरमा संगठन विस्तारलाई थप सशक्त बनाउने उद्देश्यले समिति गठन गरिएको जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर