अरबिन्द सिंह,धनुषाको मिथिला नगरपालिका वाडा नं. ८ जमुनीबास स्थिति रहेको श्री रास्ट्रय आधारभुत विद्यालयमा आज UNICEF तथा PPC Nepal को टोलीद्वारा विद्यालयको शैक्षिक अवस्था, बालमैत्री वातावरण, पठनपाठन गतिविधिहरु बारे अनुगमन तथा निरीक्षण सम्पन्न गरेको छ।
अनुगमनका क्रममा विद्यालयमा नियमित रूपमा सञ्चालन भइरहेका शैक्षिक क्रियाकलाप, विद्यार्थीहरूको सक्रिय सहभागिता, सरसफाइको अवस्था, बालअधिकार सम्बन्धी कार्यक्रम तथा विद्यालय व्यवस्थापनका विविध पक्षहरूको अवलोकन गरिएको थियो।
टोलीले विद्यालयको समग्र शैक्षिक गुणस्तर, अनुशासन तथा बालमैत्री वातावरणको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक सुझाव तथा सकारात्मक प्रतिक्रिया समेत प्रदान गरेको छ।
यता विद्यालय परिवारले UNICEF र PPC Nepal प्रति हार्दिक धन्यवाद व्यक्त गर्दै यस्ता सहयोग, समन्वय तथा मार्गदर्शनले विद्यालयको शैक्षिक विकास, विद्यार्थीमैत्री वातावरण निर्माण तथा गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेको थियो।
UNICEF र PPC Nepal टोलीद्वारा जमुनीबासस्थित श्री राष्ट्रिय आधारभूत विद्यालयको अनुगमन ।
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर






