रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

गणेशमान चारनाथमा रास्वपा प्रवेश गरेका नेता–कार्यकर्ता पुनः जनमतमै फिर्ता

[sharethis-inline-buttons]

धनुषा — गणेशमान चारनाथ नगरपालिकामा जनमत पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका नेता तथा कार्यकर्ताहरू एक दिन नबित्दै पुनः जनमत पार्टीमै फर्किएका छन्।
नगर अध्यक्ष तथा मेयर प्रत्याशी रामभरोशी यादवलाई पूर्व मन्त्री सन्जय यादव एवं प्रतिनिधि सभा प्रत्याशी ब्रहमदेव महतो ले पहल गरेर पुनः जनमत पार्टीमा फर्काएको जनाइएको छ।
हिजो मात्रै रास्वपाले उनीहरूलाई औपचारिक रूपमा पार्टी प्रवेश गराएको थियो। तर राजनीतिक छलफल तथा नेतृत्वको पहलपछि उनीहरू पुनः पुरानै पार्टीमा फर्किएका हुन्।
जनमत पार्टीका नेताहरूले कार्यकर्ताहरू भ्रममा परेको भन्दै पार्टीभित्रै बसेर मधेश र स्थानीय जनताको मुद्दामा संघर्ष गर्न आग्रह गरेपछि फिर्ता भएको बताएका छन्।
यस घटनालाई गणेशमान चारनाथको स्थानीय राजनीतिमा चासोका साथ हेरिएको छ भने दलहरूबीच कार्यकर्ता तानातानको प्रतिस्पर्धा अझ तीव्र बनेको देखिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर