धनुष टिभी ,जनकपुरधाम — धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नं. ३ तुलसियाही जब्दीमा लामो समयदेखि अवरुद्ध रहेको बाटो अन्ततः पुनः सञ्चालनमा आएको छ।
उक्त बाटो खुलाउन गाउँपालिका अध्यक्ष जयकुमार यादव को विशेष पहल, नेतृत्व तथा सक्रिय भूमिका रहेको स्थानीयले बताएका छन्। अध्यक्ष यादव स्वयं घटनास्थलमा पुगेर समस्या समाधानका लागि आवश्यक समन्वय र पहल गर्नुभएको थियो।
उहाँको निर्देशन तथा समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, गाउँपालिकाका कर्मचारी तथा विभिन्न समाजसेवीहरूको सक्रिय सहभागिता रहेको थियो। सबै पक्षको संयुक्त प्रयास र सहकार्यबाट वर्षौँदेखि बन्द रहेको बाटो सफलतापूर्वक सञ्चालनमा आएको हो।
बाटो सञ्चालनमा आएपछि स्थानीय बासिन्दालाई आवतजावतमा सहजता भएको छ। साथै, यसले दैनिक जनजीवन, व्यापारिक गतिविधि तथा समग्र क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
स्थानीयवासीले यस कार्यमा योगदान पुर्याउने सुरक्षाकर्मी, कर्मचारी तथा समाजसेवीहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहकार्य र एकतासहित विकास निर्माणका काम अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।
तुलसियाही जब्दीमा वर्षौँदेखि अवरुद्ध बाटो पुनः सञ्चालन
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर






