रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

सहिद अजबलाल यादव स्मारक अनावरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

[sharethis-inline-buttons]

धनुषा ।धनुषाको धनुषाधाम नगरपालिका–३ हनुमान मन्दिरको सभाहलमा जनयुद्धका सहिद अजबलाल यादवको स्मारक अनावरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सहिद अजबलाल यादव स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमको अध्यक्षता शिला यादवले गरेकी थिइन्। कार्यक्रममा नेत्रविक्रम चन्द ‘विप्लव’ प्रमुख अतिथि तथा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य मातृका प्रसाद यादव विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रममा वरिष्ठ साहित्यकार रोशन जानकपुरी, दुवै पार्टीका नेताकार्यकर्ता, सहिद परिवार तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा जनयुद्धकालीन सहिदहरूको सम्झनामा मौनधारण, श्रद्धाञ्जली तथा अन्तरक्रिया गरिएको थियो। साथै सहिद अजबलाल यादवसहित विभिन्न सहिदहरूको योगदानको चर्चा गर्दै स्मारक अनावरण गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमका अवसरमा सहिद परिवारलाई सम्मानसमेत गरिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर