मधेस प्रदेश सरकारमा देखिएको राजनीतिक संकट तत्कालका लागि टरेको छ । एमालेको तर्फबाट हुने भनिएको मन्त्रीको सपथ ग्रहण रोकिएपछि नेकपाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय स्थगित गरेको स्रोतले जनाएको छ ।
केही दिनदेखि मधेस भवनमा सत्ता समीकरण फेरबदलको चर्चा चलिरहेकै बेला दुवै पक्षले आफ्नो कदम रोकेपछि गठबन्धन सरकारले निरन्तरता पाउने सम्भावना बढेको छ ।
सत्ता साझेदार दलबीच थप छलफल र सहमतिका प्रयास जारी रहेकाले तत्काल सरकार परिवर्तनको सम्भावना कमजोर बनेको राजनीतिक वृत्तमा चर्चा छ ।
तपाईको प्रतिक्रिया






