रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

असन्तुष्टि पोख्दै एमाले परित्याग गरे उमाशंकर अरगरिया

[sharethis-inline-buttons]

धनुषा — नेकपा (एमाले) का केन्द्रिय सदस्य तथा पुर्वमन्त्री उमाशंकर अरगरियाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् ।
पार्टी अध्यक्षलाई सम्बोधन गर्दै दिएको राजीनामापत्रमा अरगरियाले लामो समयदेखि आफूसँग आएका कार्यकर्ताको समायोजन हुन नसकेको, इमान्दार तथा लगनशील कार्यकर्ता अपहेलित भएको तथा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउने व्यक्तिहरू उल्टै पुरस्कृत हुने प्रवृत्ति बढेको आरोप लगाएका छन् ।
उनले जिल्ला नेतृत्वबाट पटक–पटक अपमानित हुनुपरेको र पार्टी सुधारका विषयमा केन्द्रलाई जानकारी गराउँदा पनि कुनै पहल नभएको उल्लेख गरेका छन् ।
यी कारण देखाउँदै अरगरियाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर