जनकपुरधाम, — धनुषाको विदेह नगरपालिका–१ ठाढी क्षेत्रमा प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।
प्रहरी चौकी ठाढीबाट असई जितेन्द्र सिंहको कमान्डमा खटिएको टोलीले नियमित चेकजाँचका क्रममा सबैला नगरपालिका–१३ रघुनाथपुर निवासी ३२ वर्षीय नबिबुल रहमानलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार रहमानको साथबाट ६०० ट्याब्लेट नाइट्राभेट, ६०० ट्याब्लेट निटजा एस्केन, १६८ ट्याब्लेट एसपास्मो, २० बोतल ओर्नेस सिरप तथा ५ बोतल ओनसेन सिरप बरामद गरिएको छ।
ईलाका प्रहरी कार्यालय खजुरीका इन्स्पेक्टर बबेन्द्र नेवाङका अनुसार पक्राउ परेका रहमानलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि ईलाका प्रहरी कार्यालय खजुरीमा राखिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
तपाईको प्रतिक्रिया






