धनुषा, जेठ १८ — सबैला नगरपालिका वडा नं.६ अन्तर्गत साविक मटही–गोविन्दपुर हाल सबैला नगरपालिका वडा नं. ६० को गाउँब्लक क्षेत्रभित्र पर्ने जग्गाधनीहरूलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको छ।
आज मिति २०८३ साल जेठ १८ गते वडा कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा नापी कार्यालय धनुषाका नापी अधिकृत निरन्जन यादवको अध्यक्षतामा जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा अधिवक्ता राजकिशोर यादव तथा विशेष अतिथिका रूपमा वडा अध्यक्ष श्रीपुजन यादव सहभागी रहेका थिए। वडा अध्यक्ष यादवको पहल र समन्वयमा सञ्चालन गरिएको कार्यक्रममा नापी कार्यालयका कर्मचारी, जनप्रतिनिधि तथा स्थानीय जग्गाधनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममार्फत गाउँब्लक अन्तर्गतका जग्गाधनीहरूलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको आयोजकले जनाएको छ। स्थानीयवासीले लामो समयदेखि प्रतीक्षारत प्रमाणपुर्जा प्राप्त गरेपछि खुशी व्यक्त गरेका छन्।
कार्यक्रममा वालेश्वर साह, अमित कुमार मण्डल, रामदुलार साह, रामशंकर यादव, मुकुन्दराज झा, सजित पूर्वे, चन्द्रदीप कुमार भादव, प्रदीप कुमार पण्डित, सीताशरण यादव, रमेश यादव, बैजू यादव, राजकुमार चटक, प्रदीप यादव, रामयन्द्र यादव, रामलखन यादवलगायतको उपस्थिति रहेको थियो।
सबैलामा गाउँब्लक अन्तर्गतका जग्गाधनीलाई प्रमाणपुर्जा वितरण
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर






