रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषाधाम नगरपालिकामा आज सार्वजनिक बिदा

[sharethis-inline-buttons]

 

जनकपुरधाम । धनुषाधाम नगरपालिका वडा नं. ६ का वडा सदस्य राजेन्द्र महतो को असामयिक निधनप्रति शोक व्यक्त गर्दै धनुषाधाम नगरपालिकाले आज (२०८३ जेठ १९ गते मंगलबार) सार्वजनिक शोक बिदा दिएको छ।

नगर प्रमुख वालेश्वर मण्डल द्वारा जारी सूचनाअनुसार वडा सदस्य महतोको मिति २०८३/०२/१६ गते निधन भएपछि नगरपालिका परिवार शोकाकुल भएको जनाएको छ। दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ।

सूचनामा अत्यावश्यक सेवा बाहेक धनुषाधाम नगरपालिका, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था तथा शिक्षण संस्थाहरूमा आज एक दिन शोक बिदा रहने उल्लेख गरिएको छ। साथै सेवाग्राहीमा पर्न गएको असुविधाप्रति नगरपालिका प्रशासनले क्षमायाचना गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर