रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

पुराना सबै चोर होइनन्, नयाँ सबै साधु होइनन् ,अध्यक्ष यादव

[sharethis-inline-buttons]

धनुष टिभी,जनकपुरधाम । मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादव ले पुराना नेताहरू सबै भ्रष्ट र नयाँ आएका सबै इमानदार हुने भन्ने धारणा सही नभएको बताएका छन्।
सम्वाद एक्सप्रेस कार्यक्रममा बोल्दै अध्यक्ष यादवले “पुराना सबै चोर होइनन् र नयाँ सबै साधु होइनन्” भन्दै व्यक्तिको मूल्याङ्कन उसको काम, व्यवहार र नतिजाका आधारमा हुनुपर्ने धारणा व्यक्त गरे।
उनले राजनीतिक नेतृत्वलाई पुरानो र नयाँ भनेर विभाजन गर्नु भन्दा पनि जनताप्रति जवाफदेही, पारदर्शी र विकासप्रति प्रतिबद्ध छ कि छैन भन्ने आधारमा मूल्याङ्कन गर्नुपर्ने बताए। अध्यक्ष यादवले जनप्रतिनिधिहरूले जनताको विश्वास जित्न काममार्फत आफूलाई प्रमाणित गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा उनले स्थानीय तहको विकास, सुशासन तथा सेवा प्रवाहका विषयमा समेत आफ्नो धारणा राखेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर