प्रमोद शर्मा
धनुषा, असार ८ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड यदुकुहा शाखाले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत शहिदनगर नगरपालिका–३ स्थित श्री जनता एकाई माध्यमिक विद्यालय यदुकुहालाई वाटर प्युरिफायर प्रदान गरेको छ।
मिति २०८३ असार ८ गते आयोजित कार्यक्रममा बैंकले विद्यालयका विद्यार्थी तथा शिक्षकहरूलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले वाटर प्युरिफायर हस्तान्तरण गरेको हो।
कार्यक्रममा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड मधेश प्रदेश प्रमुख नितेश खड्गी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यसैगरी यदुकुहा शाखा प्रमुख दिपक राज यादव बैंकका कर्मचारीहरू तथा विद्यालयका प्रधानाध्यापक प्रदीप कुमार साह लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख नितेश खड्गीले बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा क्षेत्र मात्र नभई वृद्धाश्रम, अनाथालय तथा स्थानीय स्तरमा आवश्यकता अनुसार विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको बताउनुभयो। उहाँले समुदायको आवश्यकतालाई प्राथमिकतामा राखेर आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।
विद्यालय प्रशासनले बैंकद्वारा प्रदान गरिएको सहयोगप्रति आभार व्यक्त गर्दै यसबाट विद्यार्थीहरूलाई स्वच्छ तथा सुरक्षित खानेपानी उपभोग गर्न सहज हुने विश्वास व्यक्त गरेको छ।






