सिरहाको अर्नमा गाउँपालिकामा लगडी–गदयानी सडक (ठेक्का नं. HRP/3370112841076-77/UR-010/11) निर्माण कार्य निर्धारित समयमै गुणस्तरीय रूपमा सम्पन्न गर्ने विषयमा समन्वय बैठक सम्पन्न भएको छ।
गाउँपालिका अध्यक्ष अशोक कुमार यादवको अध्यक्षतामा सम्पन्न बैठकमा निर्माण व्यवसायी Contech Pvt. Ltd. का निर्देशक हरिबाबु पन्तसँग सडक निर्माणको प्रगति, देखिएका समस्या तथा समाधानका उपायबारे विस्तृत छलफल गरिएको थियो।
बैठकमा अर्नमा गाउँपालिका क्षेत्रभित्र सडक यथाशीघ्र सञ्चालनमा ल्याउने तथा निर्माण कार्यलाई तीव्रता दिने विषयमा सहमति र समन्वय गरिएको गाउँपालिकाले जनाएको छ।
तपाईको प्रतिक्रिया






