रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

सबैलाको नयाँ योजना: खेती र पशुपालनमा किसानलाई नगद अनुदान

[sharethis-inline-buttons]

धनुषा, असार १० । सबैला नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रलाई प्रोत्साहन गर्न तेलहन बाली खेती गर्ने किसानलाई रु २,५०० तथा गाईभैंसीले बाछाबाछी जन्माएपछि सम्बन्धित किसानलाई रु ५०० नगद अनुदान उपलब्ध गराउने नीति ल्याएको छ।
नगरपालिकाको १५ औं नगर अधिवेशनमा नीति तथा बजेटमाथिको छलफलका क्रममा नगर प्रमुख कारी राम यादव ले उक्त जानकारी दिनुभएको हो।
उहाँका अनुसार स्थानीय उत्पादन वृद्धि, किसानलाई प्रोत्साहन तथा पशुपालन व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले आगामी आर्थिक वर्षदेखि उक्त अनुदान कार्यक्रम सञ्चालन गरिनेछ। नगरपालिकाले कृषि र पशुपालनलाई प्राथमिकतामा राख्दै किसानमुखी कार्यक्रम अघि सारेको जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर