रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

शान्तिपूर्ण रूपमा सम्पन्न आठौं अधिवेशनबाट ९ सदस्यीय सञ्चालक समिति चयन, २० गते पदभार ग्रहण हुने

धनुषा, असार १८ — आज मिति २०८३ साल असार १८ गते सम्पन्न संस्थाको शान्तिपूर्ण आठौं अधिवेशनबाट ९ सदस्यीय सञ्चालक समिति चयन भएको छ। अधिवेशनमा ३ जना निर्वाचनमार्फत विजयी तथा ६ जना निर्विरोध निर्वाचित भएका हुन्।
निर्वाचित सञ्चालक समितिका सदस्यहरूमा अर्जुन प्रसाद सिंह, उषा देवी राय, सुशील कुमार यादव, शिव कुमार यादव, नवीन कुमार शिवहरे, पुनम कुमारी यादव, सुधिर कुमार यादव, फेकन मण्डल र लिला देवी रहेका छन्।
त्यसैगरी, ३ सदस्यीय लेखा सुपरिवेक्षक समिति पनि चयन भएको छ। नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षक समितिका सम्पूर्ण पदाधिकारीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
संस्थाका अनुसार, मिति २०८३ साल असार २० गते हुने विशेष साधारण सभामा नवनिर्वाचित पदाधिकारीहरूले औपचारिक रूपमा पदभार ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ।
यस्तै, सञ्चालक समितिको अध्यक्ष, उपाध्यक्ष तथा अन्य उपसमितिका पदहरूका लागि मिति २०८३ साल असार १९ गते संस्थामा उम्मेदवारी दर्ता गरिने सूचना पनि जारी गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर