रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

राजविराज कारागारमा आन्तरिक विवादपछि पाँच कैदीबन्दीद्वारा आत्मदाह प्रयास

जनकपुरधाम । सप्तरीको राजविराज कारागारमा आन्तरिक विवाद चर्किएपछि पाँचजना कैदीबन्दीले शनिबार बिहान मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेका छन्।
कारागार प्रशासनका अनुसार पछिल्ला दुई–तीन दिनदेखि कैदीबन्दीबीच आन्तरिक विवाद भइरहेका बेला असन्तुष्ट पक्षका पाँचजनाले आत्मदाहको प्रयास गरेका हुन्।
कारागार प्रमुख रुपक मण्डलले घटनापछि तत्काल सुरक्षाकर्मी, चिकित्सक टोली र एम्बुलेन्स परिचालन गरिएकाले कुनै मानवीय क्षति हुन नदिइएको जानकारी दिए। उनका अनुसार घटनालगत्तै स्थिति नियन्त्रणमा लिइएको छ भने हाल कारागारभित्र सम्बन्धित पक्षसँग छलफल भइरहेको छ।
घटनाको कारणबारे भने हालसम्म आधिकारिक रूपमा खुलाइएको छैन। कारागार प्रशासनले विवादको वास्तविक कारणबारे अनुसन्धान तथा आवश्यक आन्तरिक समन्वय जारी रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर