धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका–१, पुरनदाहा स्थित किसान डेरी उद्योगमा समाजसेवी युवा अजयकुमार मण्डलको अगुवाइमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
मुजेलियास्थित रक्तसञ्चार सेवा (ब्लड बैंक) मधेस प्रदेशको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा स्थानीय युवासहित विभिन्न व्यक्तिहरूले उत्साहपूर्वक रक्तदान गरेका थिए। कार्यक्रमका आयोजकहरूले रक्तदान जीवन बचाउने महान कार्य भएकाले यस्ता सामाजिक अभियानलाई निरन्तरता दिइने बताएका छन्।
तपाईको प्रतिक्रिया






