रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

गृहमन्त्री सुधन गुरुङले जनकपुरस्थित जानकी मन्दिरमा पूजा–अर्चना गरे

जनकपुरधाम। नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङले आइतबार जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरमा पुगेर विशेष पूजा–अर्चना गरेका छन्।

मधेश प्रदेशको भ्रमणका क्रममा जनकपुर पुगेका गृहमन्त्री गुरुङले जानकी मन्दिरमा माता जानकीको दर्शन गर्दै देशमा शान्ति, सामाजिक सद्भाव र समृद्धिको कामना गरेका हुन्।

मन्दिर परिसरमा उनलाई मन्दिरका महन्थ तथा पदाधिकारीहरूले स्वागत गरेका थिए। पूजा–अर्चनापछि गृहमन्त्री गुरुङले मन्दिरको धार्मिक तथा ऐतिहासिक महत्वबारे जानकारी लिँदै श्रद्धालुसँग समेत संक्षिप्त भेटघाट गरेका थिए।

पछिल्ला दिनहरूमा मधेशका विभिन्न जिल्लामा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्रीको जनकपुर भ्रमणलाई सुरक्षा अवस्थाको अनुगमनसँगै धार्मिक आस्थाप्रति सम्मान व्यक्त गर्ने अवसरका रूपमा पनि हेरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर