मेष : आज चन्द्रमा आफ्नै राशिमा रहेकाले मनमा ऊर्जा र उत्साह थपिनेछ। नयाँ कामको थालनी गर्न वा अधुरा योजना अगाडि बढाउन राम्रो समय छ। व्यापार(व्यवसायमा नाफा हुनेछ भने कार्यक्षेत्रमा तपाईंको निर्णयको प्रशंसा हुनेछ। पारिवारिक वातावरण सुखद् रहनेछ।
वृष : खर्च बढ्ने र काममा केही ढिलासुस्ती हुन सक्ने योग छ। अनावश्यक यात्रा वा लेनदेनबाट बच्नुहोला। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ, त्यसैले खानपान र आराममा ध्यान दिनु आवश्यक छ। वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा भने सफलता मिल्नेछ।
मिथुन : आम्दानीका नयाँ स्रोतहरू पहिल्याउन सकिनेछ। रोकिएका कामहरू बन्ने र साथीभाइ तथा आफन्तबाट राम्रो सहयोग मिल्नेछ। पढाइ र रचनात्मक काममा रुचि बढ्नेछ। प्रेम सम्बन्ध अझ प्रगाढ र मधुर बन्नेछ।
कर्कट : सामाजिक प्रतिष्ठा बढ्ने र कार्यक्षेत्रमा पदोन्नति वा नयाँ जिम्मेवारी पाइने सम्भावना छ। वरिष्ठ व्यक्तिहरूको सहयोगले ठूला योजना सफल पार्न सकिनेछ। घरायसी वातावरण आनन्ददयी रहनेछ र परिवारसँग राम्रो समय बित्नेछ।
सिंह : भाग्यले साथ दिनेछ। रोकिएका धार्मिक वा सांस्कृतिक कामहरू पूरा हुनेछन्। टाढाको यात्रा वा अध्ययन(अध्यापनका क्षेत्रमा सफलता मिल्नेछ। मनमा सकारात्मक सोच र उत्साह छाउनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै पछाडि पार्न सकिनेछ।
कन्या : स्वास्थ्यमा केही उतारचढाव आउन सक्ने भएकाले सतर्क रहनुहोला। सवारी साधन चलाउँदा वा जोखिमपूर्ण काम गर्दा विशेष सावधानी अपनाउनुहोला। गोप्य कुराहरू सार्वजनिक हुन सक्ने भएकाले बोलीमा संयमता अपनाउनु राम्रो हुन्छ।
तुला : व्यापार(व्यवसायमा राम्रो लाभ मिल्नेछ। नयाँ साझेदारी वा सम्झौताका लागि अनुकूल समय छ। जीवनसाथीको पूर्ण सहयोग मिल्नेछ र दाम्पत्य जीवन सुखद् रहनेछ। यात्राको योग छ जसले मनमा प्रसन्नता ल्याउनेछ।
वृश्चिक : शत्रु र प्रतिस्पर्धीहरू परास्त हुनेछन्। मुद्दा(मामिला वा विवादहरूमा तपाईंको जित हुनेछ। पुराना ऋण वा स्वास्थ्य समस्याबाट मुक्ति मिल्नेछ। मिहिनेत अनुसार काममा सफलता मिल्नाले आर्थिक स्थिति सुदृढ हुनेछ।
धनु : बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ। विद्यार्थीहरूका लागि अध्ययनमा प्रगति हुने समय छ। सेयर बजार वा नयाँ लगानीबाट लाभ लिन सकिनेछ। सन्तानको तर्फबाट खुसीको खबर सुन्न पाइनेछ।
मकर : पारिवारिक विषयलाई लिएर मनमा केही चिन्ता वा तनाव हुन सक्छ। जग्गा(जमिन वा सवारी साधनको कारोबार गर्दा अलि विचार पुर्याउनुहोला। आमाको स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ। धैर्यताका साथ काम गर्दा दिन सामान्य रहनेछ।
कुम्भ : तपाईंको पराक्रम र कार्यक्षमतामा वृद्धि हुनेछ। दाजुभाइ तथा इष्टमित्रबाट पूर्ण सहयोग मिल्नेछ। छोटो दूरीको फलदायी यात्रा हुन सक्छ। नयाँ कामको सुरुवात गर्न वा योजना बनाउन आजको दिन निकै शुभ छ।
मीन : आर्थिक दृष्टिले आजको दिन निकै राम्रो छ। रोकिएको धन फिर्ता आउने वा नयाँ आम्दानीको बाटो खुल्नेछ। मीठो भोजन र पारिवारिक जमघटको योग छ। बोलीको प्रभाव बढ्नाले बिग्रिन लागेका कामहरू पनि सहजै बन्नेछन्।
राशिफलले जे जस्तो भनेपनि तपाइँहरुको आजको दिन मङ्गलमय र शुभ बनोस् ।






