धनुषाको धनुषाधाम नगरपालिका–९ स्थित धारापानीमा रहेको शुभेक्षा फाउन्डेसन सुधार केन्द्रमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा गणेशमान चारनाथ नगरपालिका–१, वीरेन्द्रबजारका करिब ४० वर्षीय मुजिबुल राइन रहेका छन्। आफन्तका अनुसार राइनलाई तीन दिनअघि मात्रै सुधार केन्द्रमा राखिएको थियो। हिजो राति कुटपिटबाट गम्भीर घाइते भएका राइनलाई उपचारका लागि जनकपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ।
घटनापछि सुधार केन्द्रमा रहेका अन्य सबै व्यक्तिलाई इलाका प्रहरी कार्यालय ढल्केबर लगिएको छ।
यता, मृतकका आफन्तले प्रहरीबाट आफूहरूको उपस्थितिबिना मुचुल्का गरिएको आरोप लगाउँदै विरोध जनाएका छन्। घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कारबाहीको माग गर्दै उनीहरूले महेन्द्र राजमार्ग अवरुद्ध गरेका छन्।
राजमार्ग अवरुद्ध भएपछि सयौँ सवारीसाधन रोकिएका छन्। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
धनुषाधामको सुधार केन्द्रमा कुटपिटपछि एक जनाको मृत्यु, आफन्तद्वारा राजमार्ग अवरुद्ध
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर






