धनुषा, २५ साउन —मुकेशकुमार ठाकुर
धनुषाधाम नगरपालिका–३ स्थित सर्साकुट्टी हनुमान मन्दिरमा आयोजित रामझुला धार्मिक कार्यक्रम सम्पन्न भएको छ। ९ गतेदेखि सुरु भएको कार्यक्रम २४ गतेसम्म सञ्चालन गरिएको थियो।
नागेश्वर यादव, सीता देवी यादव, हरि यादव, विजय यादव, रामसेवक ठाकुर, ब्रहदेव धामी, वेदव्यास बिन्देश्वर साह, प्रमोद मुखिया, छोटु मुखिया, लक्ष्मी यादव, श्रवण यादव लगायतको अगुवाइमा रामझुला सम्पन्न भएको हो।
कार्यक्रमको समापनमा हनुमान मन्दिरका महन्त श्री रामाधिन दासले आयोजक तथा सेवकहरूलाई गम्छाले सम्मान गरेका थिए।
तपाईको प्रतिक्रिया




