३१ साउन, जनकपुरधाम ।बारा जिल्लाबाट अबैध हुण्डीको कारोवार फस्टाएको छ । नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको मिलोमतोमा बारा जिल्लाको बिभिन्न नाकाहरुबाट हुण्डीको कारोवार भईरहेको एक बिशेष श्रोतले नाम नछाप्ने शर्तमा बताएका छन् । बाराको मुसहरहवा मटिअर्वा, सिम्रोनगढ लगायत स्थानहरुबाट दैनिक १५ लाख देखी २५ लाख सम्म हुण्डीको कारोवार भईरहेको ती श्रोतको दाबी रहेको छ । हुण्डीका कारोवारीहरुले बारा प्रहरीलाई कोट दिएका छन् ,उतm कोट मोटरसाईकलमा ओहर दोहर गर्नै भरियाहरुले प्रहरीलाई दिन गर्छन् त्यसपछि सेटिंगमा हुण्डीको कारोवार भईरहेको ती श्रोतले बताए । हुण्डीको कारोवारमा भारत बिहार रक्सौल , बीरगंज तथा कलैयाका केही नामुद तस्कर गिरोहहरु हात रहेको छ । नेपाल प्रहरी तथा सशस्त्र प्रहरी सँग हुण्डीको कारोवारमा मिलाउनको लागी बीरगंजका एक बिचौलया अहक भुमिका रहेको श्रोतले भने, नेपाल प्रहरीलाई महिनाको नेपाली रुपैया ६ लाख, सशस्त्र प्रहरीलाई ३ लाख रुपैया दिने गरेको बताए । चौकी ईन्चार्ज तथा बिओपीहरुलाई मासिक ६० हजार देखी १ लाख सम्म दिने गरिएको छ । बिगत केही महिना देखी पर्सा जिल्लाबाट सशस्त्र प्रहरीले हुण्डी कारोवारीहरुलाई पक्राउ गरेपछि बारा जिल्ला रोजेका हुन् । बारा जिल्लाबाट दैनिक बिहान देखी बेलुका सम्म ८ वटा मोटरसाईकल ओहोर दोहोर गर्नै गरेको खुलाशा भएको छ । बिगत केही दिन अगाडी बाराको मुसरहवाबाट सशस्त्र प्रहरी ब्युरो काठमांडौबाट खटिएको प्रहरी टोलीले तस्करीको सामान बरामद गरेपछि हुण्डीका कारोवारीहरुले कार्य शैलीमा परिर्वतन गरी धन्दा फस्टाएका छन् ।
प्रहरीको मिलोमतोमा बाराबाट हुण्डीको कारोवार शुरु
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




