रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

उद्योग वाणिज्य संघ मिर्चैयामा नयाँ नेतृत्वको तयारी, व्यापारीहरूमा व्यापक चर्चा

[sharethis-inline-buttons]

रामनारायण ठाकुर
सिरहा, भदौ १३ गते।
तीनओटै नगरपालिकाको केन्द्र मिर्चैयामा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि व्यापारी तथा उद्योगीबीच तीव्र तयारी र व्यापक चर्चा सुरु भएको छ। रामनगर मिर्चैया उद्योग वाणिज्य संघको वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन यही भदौ २७ गते, शुक्रबार सम्पन्न हुने भएको छ।

मिर्चैया नगरपालिका, कर्जन्हा नगरपालिका र कल्याणपुर नगरपालिका क्षेत्रका व्यापारीहरू अधिवेशनमा सहभागी हुन सक्रिय रुपमा लागिपरेका छन्। अहिले टोल–टोल, पसल–पसल र गाउँ–गाउँमा नेतृत्व चयनको विषयले चर्को बहस र परिचर्चा पाएको छ।

संघको अध्यक्ष पदका लागि तीन जना व्यापारीहरू मुख्य प्रतिस्पर्धीका रूपमा अगाडि आएका छन्।

राजकुमार साह – पेट्रोल पम्प सञ्चालक

भरत महासेठ – पेन्ट तथा प्लाइ–सिसा पसल सञ्चालक

हरिकिशोर महतो – कपडा पसल सञ्चालक

यी तीनै जना सम्भावित उम्मेदवारका रूपमा चर्चामा रहेका छन्। मिर्चैया, कर्जन्हा र कल्याणपुर क्षेत्रका व्यापारीहरू नेतृत्व छनोटप्रति निकै चासोका साथ सक्रिय देखिएका छन्।

निर्वाचन नजिकिँदै जाँदा संघको वातावरण दिनप्रतिदिन तात्दै गएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर