रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मिर्चैयामा सरसफाइ कार्यक्रम सम्पन्न

[sharethis-inline-buttons]

 

रामनारायण ठाकुर, मिर्चैया — २०८२ असोज २२ गते, बुधबार
जनसेवा युवा क्लब मिर्चैया शाखाको आयोजनामा र उत्कर्ष नेपालको सहकार्यमा मिर्चैया–५ गुदरी बजारस्थित दुर्गा मन्दिर परिसरमा आज बुधबार सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा स्थानीय निकायका प्रतिनिधि, नेपाल प्रहरी, शस्त्र प्रहरी, स्थानीय व्यवसायी, समाजसेवी, बुद्धिजीवी, खेलाडी, युवा तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूको सामूहिक प्रयास र सक्रियताले मिर्चैयालाई सफा, सुन्दर र सचेत नगर बनाउने अभियानलाई थप ऊर्जा र प्रेरणा प्रदान गरेको आयोजकले जनाएको छ।

जनसेवा युवा क्लब मिर्चैया शाखा र उत्कर्ष नेपालले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागी तथा संस्थाहरू प्रती हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

“हाम्रो एकता, हाम्रो प्रतिबद्धता — सफा मिर्चैया, सबको जिम्मेवारी।”

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर