प्रमोद शर्मा,
धनुषाको सबैला नगरपालिका वडा नम्बर १३ किरतपुर बजारमा आज युवाहरूको पहलमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा ५० भन्दा बढी युवाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा युवा, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी, शिक्षक, समाजसेवी र राजनीतिककर्मीहरूको समेत उल्लेखनीय उपस्थिति देखिएको थियो।
सरसफाइ अभियान किरतपुर बजारदेखि प्रसाहिचोकसम्म गरिएको हो। बजार क्षेत्रमा फोहर व्यवस्थापन गर्दै सफाइको सन्देश फैलाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको आयोजक युवाहरूले बताएका छन्।
स्थानीय बासिन्दाहरूले युवाहरूको यो प्रयास सराहनीय भएको बताएका छन्। उनीहरूले भने, “यो काम निकै राम्रो छ, आगामी दिनमा पनि निरन्तरता दिनुपर्छ, हामी पनि साथ दिन्छौं।
युवाहरूले भने आगामी दिनमा विभिन्न टोल–टोलमा सरसफाइ कार्यक्रम सञ्चालन गर्ने र अन्य सामाजिक कार्यमा पनि संलग्न हुने प्रतिबद्धता जनाएका छन्। साथै, व्यापारीहरूलाई आफ्नै पसल अगाडिको क्षेत्र आफैंले सरसफाइ गर्न आग्रह गरिएको छ।
यो अभियानले किरतपुर बजारमा सफा र स्वस्थ वातावरण निर्माणतर्फ सन्देशमूलक प्रभाव पारेको छ।
किरतपुर बजारमा युवाद्वारा सरसफाइ कार्यक्रम सम्पन्न
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




