रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

गाई तस्करी नियन्त्रणमा, हिन्दू सम्राट सेनाको सक्रियता

[sharethis-inline-buttons]

सिरहा — सिरहाको भगवानपुर शाखाका हिन्दू सम्राट सेना सदस्यहरूले आज सप्तरी–सिरहा जोड्ने बलान पुल हुँदै लैजाँदै गरेका गाई तस्करीको प्रयास विफल पार्दै गाईहरूलाई नियन्त्रणमा लिएका छन्।

सदस्यहरूले लखेटी नियन्त्रणमा लिएका ती गाईहरूलाई इलाका प्रहरी कार्यालय भगवानपुरको जिम्मा लगाइएको छ। संगठनका अनुसार सो तस्करीमा लहान नगरपालिकाका सदाम नामका व्यक्तिको मुख्य संलग्नता रहेको बताइएको छ।

हिन्दू सम्राट सेनाले भोलिदेखि यस घटनासम्बन्धी कानूनी प्रक्रिया अगाडि बढाइने जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर