रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

हँसपुर–९ मोरहामा युवाहरूको अगुवाइमा बृहत् सरसफाइ अभियान सुरु

[sharethis-inline-buttons]

हँसपुर नगरपालिका–९ मोरहामा स्थानीय युवाहरूको पहलमा बृहत् सरसफाइ अभियान सुरु भएको छ। मोरहाका विभिन्न टोलमा एकसाथ सरसफाइ कार्य थालिएको छ, जसमा स्थानीय बासिन्दा, विद्यार्थी र समाजसेवीहरूको उत्साहजनक सहभागिता रहेको छ।

पूर्व मेयर रामज्ञान मण्डल स्वयं उपस्थित रहँदै सरसफाइ अभियानमा सहभागी भए। उनले अभियानमा संलग्न सम्पूर्ण युवाहरू र सरसफाइ अभियानीहरूलाई हृदयपूर्वक धन्यवाद ज्ञापन गर्दै यस्तो जनसहभागितामूलक पहलले नगरलाई सफा, सुन्दर र स्वास्थ्यप्रद बनाउन सहयोग पुर्‍याउने बताए।

युवाहरूले सरसफाइ अभियानलाई निरन्तरता दिने र नियमित रुपमा टोल–टोलमा सफाइ कार्यक्रम चलाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर