रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

हँसपुर–९ मोरहामा युवाहरूको अगुवाइमा बृहत् सरसफाइ अभियान सुरु

हँसपुर नगरपालिका–९ मोरहामा स्थानीय युवाहरूको पहलमा बृहत् सरसफाइ अभियान सुरु भएको छ। मोरहाका विभिन्न टोलमा एकसाथ सरसफाइ कार्य थालिएको छ, जसमा स्थानीय बासिन्दा, विद्यार्थी र समाजसेवीहरूको उत्साहजनक सहभागिता रहेको छ।

पूर्व मेयर रामज्ञान मण्डल स्वयं उपस्थित रहँदै सरसफाइ अभियानमा सहभागी भए। उनले अभियानमा संलग्न सम्पूर्ण युवाहरू र सरसफाइ अभियानीहरूलाई हृदयपूर्वक धन्यवाद ज्ञापन गर्दै यस्तो जनसहभागितामूलक पहलले नगरलाई सफा, सुन्दर र स्वास्थ्यप्रद बनाउन सहयोग पुर्‍याउने बताए।

युवाहरूले सरसफाइ अभियानलाई निरन्तरता दिने र नियमित रुपमा टोल–टोलमा सफाइ कार्यक्रम चलाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर