रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मुखियापट्टी मुसहरनिया गाउँपालिकामा छठ घाट सरसफाइ अभियान, अध्यक्ष जयकुमार यादवको अपिल

[sharethis-inline-buttons]

धनुषा । मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले छठ पर्वलाई लक्षित गर्दै गाउँपालिकाभित्रका सम्पूर्ण छठ घाटहरूको सरसफाइ कार्यमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

अध्यक्ष यादवले जनताको सुविधाका लागि पालिकाले आवश्यक सहयोग गर्न तयार रहेको बताउँदै, “यदि छठ घाट सरसफाइका लागि JCB आवश्यक परेमा ९८०१६७४०६३ नम्बरमा सम्पर्क गर्न सकिनेछ,” भन्ने जानकारी दिनुभएको छ ।

निकट आउँदै गरेको छठ पर्वलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउन गाउँपालिकाले सरसफाइ अभियानलाई प्राथमिकतामा राखेको बताइएको छ । गाउँपालिका क्षेत्रका विभिन्न वडा र टोलहरूमा स्थानीयबासी, युवा समूह तथा संघसंस्थाहरूले पनि सक्रिय सहभागिता जनाइरहेका छन् ।

छठ पर्व मधेस क्षेत्रको आस्था, निष्ठा र श्रद्धासँग जोडिएको पर्व भएकाले गाउँपालिकाले यसपटक सरसफाइ र व्यवस्थापनमा विशेष ध्यान दिने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर