रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मधेश प्रदेशमा संसदीय पत्रकार मञ्च स्थापना, सभामुख मण्डललाई जानकारीपत्र हस्तान्तरण

[sharethis-inline-buttons]

धनुष टिभी जनकपुरधाम, २२ कात्तिक ।
मधेश प्रदेशमा नीति निर्माण, कानुन निर्माण र जनजीवनका सवालमा तथ्यपरक तथा जिम्मेवार पत्रकारिता प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘संसदीय पत्रकार मञ्च’ गठन गरिएको छ।

मञ्चका संयोजक निरञ्जन साहको नेतृत्वमा रहेको पत्रकार टोलीले शनिबार मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डललाई मञ्च गठनबारे औपचारिक जानकारी गराउँदै जानकारीपत्र हस्तान्तरण गरेको छ। टोलीले प्रदेशसभासँग नजिक रहँदै पारदर्शी सूचना प्रवाहमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

मञ्चले सभामुखलाई बुझाएको जानकारीपत्रमा भनिएको छ— “प्रदेशसभामा हुने बहस, विचार र निर्णयहरू जनतासम्म पुग्नु लोकतान्त्रिक अभ्यासको अनिवार्य हिस्सा हो।”

सभामुख रामचन्द्र मण्डलले पत्रकार टोलीलाई स्वागत गर्दै सञ्चार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड भएको बताउनुभयो। उहाँले भन्नुभयो, “लोकतन्त्रमा संसद र पत्रकारिताको सम्बन्ध घनिष्ठ हुन्छ। पत्रकारहरूले सभामा हुने बहस र निर्णय जनतासम्म जिम्मेवार ढङ्गले पु¥याउँदा पारदर्शिता र जवाफदेहीता सुदृढ हुन्छ।”

मञ्चका संयोजक निरञ्जन साहका अनुसार, संस्थाको मुख्य उद्देश्य प्रदेशसभामा भइरहेका नीतिगत बहस, निर्णय र विधेयक निर्माण प्रक्रियालाई जनस्तरसम्म जानकारीमुखी पत्रकारितामार्फत पु¥याउने हो।

यसअघि मधेश प्रदेशमा औपचारिक संसदीय पत्रकार मञ्च नहुँदा सभाको समाचार कवरेज व्यक्तिगत प्रयासमा सीमित रहँदै आएको थियो। नयाँ मञ्च गठनसँगै प्रदेशसभाका नीतिगत बहस र जनसरोकारका विषयहरू अब एकीकृत र प्रभावकारी पत्रकारितामार्फत जनतासम्म पुग्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर