जनकपुरधाम, २२ कात्तिक ।
विश्वासको मतका लागि प्रदेश सभा चलिरहेका बेला मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार सोनलले राजीनामा दिएका छन्।
सभाबाट बाहिरिएपछि पत्रकारसँग कुरा गर्दै उनले सभामुख रामचन्द्र मण्डलमाथि विधि र प्रक्रिया नबुझेको आरोप लगाउँदै भने, “सभामुखले जसरी सभा सञ्चालन गर्नुभयो, त्यो दलको जस्तो लाग्यो।”
सोनलले सत्तापक्षका सांसद बाहिर रहेका बेला हाउस सञ्चालन गरिएको भन्दै आपत्ति जनाए। उनले भने, “संघीयता जनताको मुटु हो, त्यसलाई जोगाउन मैले राजीनामा दिएको हुँ।”
उनका अनुसार यो राजीनामा संघीयताको जगेर्ना र नयाँ राजनीतिक परिस्थितिको मार्ग प्रशस्त गर्न गरिएको हो।
तपाईको प्रतिक्रिया




