रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषाधाम नगरपालिकाद्वारा विवाह पँचमीमा निःशुल्क स्वास्थ्य शिविर

[sharethis-inline-buttons]

 

धनुषा । विवाह पँचमी महोत्सवलाई लक्षित गर्दै धनुषाधाम नगरपालिकाले निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रम संचालन गरेको छ।
नगरपालिकाको स्वास्थ्य शाखाको समन्वयमा गरिएको उक्त शिविरमा स्वास्थ्य शाखा प्रमुख हरिनारायण महतो, सहायक प्रमुख रामकृष्ण यादव, प्राथमिक स्वास्थ्य केन्द्र धनुषाधामका प्रमुख अरुण कुमार मण्डलसहितको स्वास्थ्यकर्मी टोली सक्रिय रूपमा खटिएको थियो।

शिविरमा नेपाल –भारतबाट आएका सेवा–प्राप्तकर्ताहरूलाई प्राथमिक उपचार, सामान्य स्वास्थ्य परामर्श, रक्तचाप तथा मधुमेह जाँच लगायतका सेवा प्रदान गरिएको नगरपालिकाले जनाएको छ। विवाह पँचमीमा ठूलो भिड भेला हुने भएकाले सर्वसाधारणलाई सहज र छिटो सेवा उपलब्ध गराउन स्वास्थ्यकर्मीहरू निरन्तर रूपमा खटिएको अरुण मण्डलले जानकारी दिएको छ।

नगरपालिकाले यस्तो पहलले मेलामा सहभागिता जनाउने नागरिकको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर