रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषाधाममा भारतीय सीता–सम्बाद टोलीलाई नगरप्रमुखद्वारा सम्मान

[sharethis-inline-buttons]

धनुष टिभी ,जनकपुरधाम
धनुषाधाम नगरपालिकाले धार्मिक तथा अध्यात्मिक यात्रामा सहभागी भारतीय सीता–सम्बाद टोलीलाई विशेष सम्मान गरेर बिदाइ गरेको छ।

नगर प्रमुख बालेश्वर मण्डलले टोलीका सदस्यहरूलाई मायाको चिनो प्रदान गर्दै नेपाल–भारतबीचको सांस्कृतिक र आध्यात्मिक सम्बन्ध अझ प्रगाढ बनाउन यस्तो यात्राले ठूलो भूमिका खेल्ने बताएका छन्।

सम्मान समारोहमा वडा न.२ का वडा अध्यक्ष लक्ष्मी साह, विवाह पञ्चमी महोत्सवका अध्यक्ष शंकर यादव, संयोजक प्रमोद कुमार यादव, मन्दिरका पुजारी तथा स्थानीय धार्मिक अगुवाहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमका वक्ताहरूले विवाह पञ्चमी महोत्सवले दुई राष्ट्रबीचको सांस्कृतिक एकता झनै मजबुत बनाएको उल्लेख गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर