रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

सनराइज इङ्लिश बोर्डिङ स्कूल किसानपुरले पूर्ण छात्रवृत्ति प्राप्त विद्यार्थीलाई गर्यो सम्मान

[sharethis-inline-buttons]

सनराइज इङ्लिश बोर्डिङ स्कूल किसानपुरले पूर्ण छात्रवृत्ति प्राप्त विद्यार्थीलाई गर्यो सम्मान गरिएको छ।

धनुषा जिल्ला, धनुषाधाम नगरपालिका–७ किसानपुर आनन्द चौकस्थित सनराइज इङ्लिश बोर्डिङ स्कूलले प्रतिष्ठित शैक्षिक कार्यक्रमहरूमा पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थीहरूलाई बधाई तथा सम्मान गर्ने कार्यक्रम आयोजना गरेको छ। विद्यालयका संस्थापक एवं प्रधानाध्यापक रामकुमार कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार मुकेश कुमार ठाकुर, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा कृष्ण यादव (एमबीबीएस)र बिडिएस , आकृति कार्की (एमबीबीएस )र बिडिएस र (बायोमेडिकल )इन्जिनियरिङमा विनायक साहलाई सम्मान गरिएको थियो। यी विद्यार्थीहरू एसएलसी यही विद्यालयबाट उत्तीर्ण भई उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्न सफल भएका हुन्।

कार्यक्रमका सहभागीहरूले विद्यार्थीहरूको सफलता विद्यालयको गुणस्तरीय शिक्षण, अनुशासित वातावरण, कडा परिश्रम तथा अभिभावक–शिक्षकको निरन्तर साथको परिणाम भएको बताए। कार्यक्रममार्फत विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्रामा अझ जिम्मेवारीका साथ अघि बढ्न प्रेरणा प्रदान गरिएको थियो।

विद्यालयका अनुसार भविष्यमा पनि यस्ता प्रोत्साहनात्मक कार्यक्रमहरू निरन्तर गर्दै विद्यार्थीहरूलाई शैक्षिक उत्कृष्टतामा प्रोत्साहित गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर