रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

हंसपुरमा ‘उज्यालो भविष्य अभियान’द्वारा निःशुल्क ट्युशन कक्षा उद्घाटन, पाँच सयभन्दा बढी लाभान्वित

[sharethis-inline-buttons]

धनुषा जिल्लाको हंसपुर नगरपालिका–७ पर्साहीमा उज्यालो भविष्य अभियान अन्तर्गत निःशुल्क ट्युशन कक्षा औपचारिक रूपमा उद्घाटन गरिएको छ। शैक्षिक रूपमा पछाडि परेका तथा शिक्षाबाट बञ्चित समुदायका बालबालिकालाई लक्षित गर्दै सुरु गरिएको कक्षाको उद्घाटन कार्यक्रम पत्रकार तथा अभियानका संरक्षक मुकेश कुमार ठाकुर, स्वतन्त्र युवा अभियन्ता इन्जिनियर महेश यादव, अभियानका सदस्य दिलीप सादा, असिमा सादा लगायत स्थानीय समाजसेवी र अभिभावकको उपस्थितिमा सम्पन्न भयो।

नयाँ कक्षामा ५० जना बालबालिका सहभागी भएका छन्, जसमा सादा, मल्लिक र राउत समुदायका बालबालिका रहेका छन्। उज्यालो भविष्य अभियानले शिक्षाको पहुँच सुनिश्चित गर्न नियमित ट्युशन मार्फत समुदायका विपन्न बालबालिकालाई निरन्तर साथ प्रदान गर्दै आएको छ।

उक्त अभियान यसअघि रामपुर, किसानपुर, सरस्वतीपुर तथा गणेशमान चारनाथ नगरपालिका–गोदारमा समेत सफलतापूर्वक सञ्चालन भइसकेको छ। अभियानका संयोजक नागेन्द्र महराका अनुसार हालसम्म अभियानमार्फत पाँच सयभन्दा बढी गरिब, दलित तथा विपन्न समुदायका बालबालिकाले निःशुल्क ट्युशन कक्षाबाट शैक्षिक सहयोग पाइसकेका छन्।

स्थानीयस्तरमा शैक्षिक उत्थान र समान अवसरको सुनिश्चितताका लागि प्रभावकारी मोडेलका रूपमा उज्यालो भविष्य अभियान द्रुत रूपमा फैलिँदै गएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर