रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

सबैला–१ मा निःशुल्क एकदिने विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न

[sharethis-inline-buttons]

धनुषा ।
सबैला नगरपालिकाको वडा नं. १ र जानकी मेडिकल कलेज एण्ड टिचिङ अस्पताल, रमदैया, धनुषाको संयुक्त सहयोगमा मिति २०८२/०९/११ गते स्वास्थ्य चौकी सबैलामा आयोजित निःशुल्क एकदिने विशेषज्ञ स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त शिविरमा जानकी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालबाट आएका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले विभिन्न रोगहरुको परीक्षण, स्वास्थ्य परामर्श तथा आवश्यक सेवा प्रदान गरेका थिए।
स्वास्थ्य सेवा प्राप्त गर्न स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको वडा कार्याले जनाएको छ।
कार्यक्रम सफल बनाउन सहकार्य र सहयोग गर्ने सम्पूर्णप्रति वडा अध्यक्ष मिथिला साहले आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले समुदायको स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर