जनकपुरधाम । मधेसका विभिन्न जिल्लामा जारी तीव्र सितलहरका कारण चिसो बढ्दै गएको छ। जाडोको मार विशेषगरी असहाय, बालबालिका, वृद्धवृद्धा तथा अशक्त व्यक्तिहरूमा देखिन थालेको छ। कठ्यांग्रिने चिसोसँगै जनजीवन प्रभावित बन्दै गए पनि स्थानीय तहबाट आवश्यक राहत तथा न्यानोपोशाक वितरणमा पर्याप्त सक्रियता नदेखिएको स्थानीयवासीहरूको भनाइ छ।
यसैबीच हंसपुर नगरपालिकाका पूर्व मेयर रामज्ञान मण्डलले नगर क्षेत्रका विभिन्न मठ–मन्दिरमा बसोबास गर्दै आएका साधु–सन्तहरूलाई ब्ल्याकेट (कमल) वितरण गरेका छन्। चिसो मौसममा न्यानोपोशाक आवश्यक भएको भन्दै उनले आफ्नै पहलमा वितरण कार्यक्रम सञ्चालन गरेको बताइएको छ।
उनको टोलीले नगरका धर्मिक स्थल र आसपासमा रहेका केही असहाय साधुसन्तलाई कमल वितरण गर्दै कठोर जाडोमा सहजता मिलोस् भन्ने उद्देश्य राखेको उल्लेख छ।
स्थानीयवासीहरूले भने नगरपालिकाबाट आवश्यक सहयोग समयमै उपलब्ध नहुँदा स(साना बालबालिका, वृद्ध(जेष्ठ नागरिक, अपाङ्ग तथा एकल महिलाले चिसो झेल्नु परेको गुनासो गरेका छन्। उनीहरूका अनुसार जाडोले स्वास्थ्य जोखिम बढाइरहेको छ र राहत वितरण तथा न्यानोपोशाक सहयोगलाई अझ व्यवस्थित बनाउन आग्रह गरेका छन्।
मधेसमा सितलहर बढेसँगै चिसोले जनजीवन कष्टकर, हंसपुरमा पूर्व मेयरद्वारा ब्ल्याकेट वितरण
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




