रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

कांग्रेस नेता चन्द्र भण्डारी : “रवि र बालनको मिलनले जिम्मेवारी र विश्वासको सन्देश दिन्छ”

[sharethis-inline-buttons]

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच भएको पछिल्लो भेटले सकारात्मक सन्देश दिएको बताएका छन्।
भण्डारीले स्टाटसमा लेखेका छन्– “रवि जी र बालन जीको मिलनले यो सन्देश दिन्छ—अब अरूले पनि जिम्मेवारी लिन र दिन, विश्वास दिलाउन र मिलेर अघि बढ्न सक्नुपर्छ। यही सन्देश हरेक घटनाले असल विद्यार्थीलाई सिकाउँछ।”
उनका अनुसार राजनीतिक तथा सामाजिक सहकार्यका लागि संवाद र सहमति आवश्यक रहेको र भिन्न धार भए पनि राष्ट्रहितका विषयमा मिलेर अघि बढ्नु सबैका लागि प्रेरणा हुने बताएका छन्।
भण्डारीको अभिव्यक्ति पछिल्लो समय देखिएको नेताहरूबीचको भेटघाट र संयोजनलाई सकारात्मक संकेतका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर