रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकीकरण

[sharethis-inline-buttons]

धनुष टिभी,काठमाडौँ ।
उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच ऐतिहासिक एकीकरणको सहमति भएको छ। पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना तथा देशको हितलाई प्राथमिकतामा राख्दै दुवै पार्टी एक ठाउँमा उभिएको घोषणा गरिएको हो।
उज्यालो नेपाल पार्टीका संरक्षक तथा नेपाल सरकारका भौतिक पूर्वाधार विकास मन्त्री कुलमान घिसिङले सामाजिक सञ्जाल फेसबुकमार्फत एकीकरणको जानकारी दिँदै यस कदमले देशलाई सही दिशातर्फ लैजाने विश्वास व्यक्त गरेका छन्।
उनले उज्यालो नेपाल अभियानलाई अझ सशक्त बनाउन जनताबाट निरन्तर साथ र सहयोगको अपेक्षा गरिएकोसमेत उल्लेख गरेका छन्।
दुवै राजनीतिक शक्ति एक भएपछि आगामी दिनमा राष्ट्रिय हित, सुशासन र विकासमूलक कार्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर