धनुष टिभी,काठमाडौं ।नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टी विभाजनको डिलमा पुगेको भन्दै एकताका लागि लचिलो बन्न आग्रह गरेका छन्। उता महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरेपछि विवाद थप चर्किएको छ। संस्थापन पक्षले पुस २७ र २८ गते भेला आयोजना गर्दै शक्ति प्रदर्शनको तयारी गरेको छ।
तपाईको प्रतिक्रिया




