धनुष टिभी,धनुषा ।
प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै धनुषाधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ३ स्थित नगरपालिकाको अतिथि गृहमा निर्वाचन अधिकृत मनोज बरालको नेतृत्वमा ९ सदस्यीय टोली खटिई निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। उक्त कार्यालय धनुषा निर्वाचन क्षेत्र नं. १ का लागि स्थापना गरिएको जनाइएको छ।
निर्वाचन कार्यलाई शान्ति, सुरक्षा र सुव्यवस्थित रूपमा सञ्चालन गर्न सशस्त्र प्रहरी बल (एपीएफ) का ५ जना तथा नेपाल प्रहरीको टोली सुरक्षामा खटिएको छ।
निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै उम्मेदवारी दर्ता, निर्वाचनसम्बन्धी प्रशासनिक काम तथा अन्य आवश्यक प्रक्रिया सहज रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया




