रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

नेपाली कांग्रेसद्वारा संसदीय बोर्ड गठन, १६५ वटै क्षेत्रमा उम्मेदवार छनोट गर्ने तयारी

[sharethis-inline-buttons]

धनुष,काठमाडौँ ।
नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्न औपचारिक रूपमा संसदीय बोर्ड गठन गरेको छ। पार्टी विधानअनुसार गठन गरिएको उक्त बोर्डले देशभरका सबै १६५ निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार टुंगो लगाउनेछ।
पार्टीका तल्ला तहका संगठनहरूबाट प्राप्त सिफारिसका आधारमा संसदीय बोर्डले उम्मेदवार चयन गर्ने कांग्रेसले जनाएको छ। यससँगै कांग्रेसले निर्वाचन तयारीलाई निर्णायक चरणमा पुर्‍याएको संकेत देखिएको छ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माका अनुसार पार्टीले प्रतिनिधिसभाका सबै १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ। उनका अनुसार उम्मेदवारी दर्ताको मिति माघ ६ गते तोकिएको छ।
कांग्रेसले सभापति गगन थापा, उपसभापतिहरू, महामन्त्रीहरू तथा सहमहामन्त्रीहरू सदस्य रहने गरी संसदीय बोर्ड गठन गरेको हो। हाल संसदीय बोर्डमा १३ जना सदस्य रहेका छन्।
पार्टी नेताहरूका अनुसार आवश्यकता अनुसार संसदीय बोर्डमा थप एक–दुई सदस्य समावेश गर्ने सम्भावनासमेत खुला राखिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर