रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मुख्यमन्त्री सतिश सिंह माघ ६ गते मनोनयन दर्ता गर्दै

[sharethis-inline-buttons]

धनुषा । मधेस प्रदेशका पूर्व मुख्यमन्त्री सतिश सिंहले प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ता गराउने घोषणा गरेका छन्। उनले स्वाभिमान पार्टी बाट चुनाव लड्ने जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।
सिंहले सामाजिक सञ्जालमा दिएको जानकारीअनुसार आगामी प्रतिनिधिसभा निर्वाचनमा उनी स्वाभिमान पार्टीको तर्फबाट उम्मेदवार बन्नेछन्। पछिल्लो समय केही एमाले निकट कार्यकर्ताले सिंह नेकपा (एमाले) बाट चुनाव लड्ने दाबी गर्दै सामाजिक सञ्जालमा लेख्दै आएका थिए।
तर सिंहको पछिल्लो घोषणासँगै ती चर्चाको अन्त्य भएको छ। स्वाभिमान पार्टीबाट उम्मेदवारी दिने उनको निर्णयले स्थानीय राजनीतिक सरगर्मी थप बढेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर