जनकपुरधाम, माघ ४ गते
काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएपछि जनकपुरधाम आइपुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले जनकपुरवासी सँग भेट्न पाउँदा आफू निकै खुसी भएको बताएका छन्।
जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै शाहले भने, “जनकपुर आएर तपाईंहरूसँग भेट्न पाउँदा खुसी लागेको छ। यहाँको माया र अपनत्वले मन छोएको छ।”
उनको आगमनका क्रममा विमानस्थलमा उल्लेख्य संख्यामा समर्थकहरूको उपस्थिति देखिएको थियो। बालेन शाहलाई हेर्न र स्वागत गर्न स्थानीय युवादेखि विभिन्न वर्गका नागरिकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।
जनकपुरधाममा बालेन शाहप्रति जनआकर्षण र क्रेज उच्च रहेको दृश्यले हालको राजनीतिक परिवेशमा उनको लोकप्रियता झनै बढ्दो क्रममा रहेको संकेत गरेको छ।
जनकपुरधाममा बालेन शाहको भव्य स्वागत, जनसमर्थन उच्च
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




