रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मिथिला नगरपालिकामा बालेन साहको भव्य स्वागत

[sharethis-inline-buttons]

धनुषा ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहलाई धनुषा जिल्लाको मिथिला नगरपालिकामा भव्य रूपमा स्वागत गरिएको छ। रास्वपा नेत्री प्रमिला सिंहसहितका नेताकार्यकर्ताले मिथिला नगरपालिका वडा नं. ८ जोमनीवास बालेन्द्र साह(बालेन)लाई मामा घरमा माला खादाले स्वागत गरेका हुन्।
स्वागत कार्यक्रममा उपस्थित समर्थकहरूले “बालेन सरकार” भन्दै नाराबाजी गरेका थिए। राजकिशोर महतो, विजय दास, सुनिल कुमार महतो लगायतले साहलाई सहितले स्वागत गरेका थिए।
रास्वपा स्थानीय सुनिल कुमार महतोका अनुसार मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोको शालिकमा माल्यार्पण गर्न जाने क्रममा बालेन साहको स्वागत कार्यक्रम आयोजना गरिएको हो। मधेसका सहिदप्रति सम्मान व्यक्त गर्न आएको नेतृत्वलाई स्थानीयवासी तथा समर्थकहरूले उत्साहपूर्वक अभिनन्दन गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर