रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

सर्लाहीको बलरा–१ मा विवादपछि मतदान रोकियो

[sharethis-inline-buttons]

सर्लाही — सर्लाहीको बलरा नगरपालिका–१ स्थित एक मतदान केन्द्रमा राजनीतिक प्रतिनिधिबीच विवाद भएपछि मतदान प्रक्रिया केही समयका लागि रोकिएको छ।

मतदान केन्द्रमा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिबीच बुथसम्बन्धी विषयमा विवाद हुँदा स्थिति तनावग्रस्त बनेको थियो। विवाद चर्किएपछि सामान्य झडपसमेत भएको बताइएको छ।

घटनापछि सुरक्षाकर्मीले अवस्था नियन्त्रणमा लिँदै मतदान प्रक्रिया अस्थायी रूपमा स्थगित गरेका हुन्। अहिले सम्बन्धित पक्षबीच छलफल गरेर अवस्था सामान्य बनाउने प्रयास भइरहेको स्रोतले जनाएको छ।

उक्त मतदान केन्द्र रास्वपा उम्मेदवार अमरेश सिंहसँग सम्बन्धित बुथ रहेको बताइएको छ। विवादको कारणबारे थप विवरण आउन बाँकी छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर