सुनसरी — सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ मा पर्ने श्रीलंका टप्पुका मतदाताले मतदान गर्न निकै कठिन यात्रा गर्नुपरेको छ। टप्पुमा मतदान केन्द्र नहुँदा स्थानीय मतदाताहरू करिब चार घण्टा पैदल हिँडेर मतदान केन्द्र पुग्न बाध्य भएका हुन्।
मतदाताहरू कोशी नदी तरेर मुख्य भूभागमा रहेको मतदान केन्द्रमा पुगेर मताधिकार प्रयोग गरिरहेका छन्। दुर्गम भौगोलिक अवस्थाका कारण मतदान गर्न समय र जोखिम दुवै व्यहोर्नुपरेको स्थानीयले बताएका छन्।
स्थानीय बासिन्दाले टप्पु क्षेत्रमा नै मतदान केन्द्रको व्यवस्था गर्नुपर्ने माग गर्दै आएका छन्। मतदानको दिन भने उनीहरू लामो दूरी पार गर्दै पनि मतदान गर्न उत्साहका साथ केन्द्रतर्फ गइरहेका छन्।
तपाईको प्रतिक्रिया




